सर्वसम्मत रुपमा अनुमोदन भएको नेपालको नयाँ नक्सा राष्ट्रियसभामा आज टेबल हुँदै

 जेठ ३२, २०७७ आइतबार ८:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदका २ वटै सभाका बैठक आज बस्दैछन् ।

प्रतिनिधिसभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन पेश हुँदैछ भने आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयेक निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।

राष्ट्रियसभामा भने प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा अनुमोदन भएको नेपालको नयाँ नक्सा टेबल हुँदैछ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक, राष्ट्यि सभामा टेबल गरेपछि छलफल सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया