नवलपरासी : प्रतापपुर गाउँपालिका अध्यक्षको जीप दुर्घटनामा ज्यान गयो

 जेठ ३२, २०७७ आइतबार १३:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको जीप दुर्घटनामा परेर ज्यान गएको छ ।

गाउँपालिकाबाट बुटवल जाँदै गर्दा अध्यक्ष शर्मा चढेको लु १ झ ३७० नम्बरको जीप पूर्व–पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको प्रहरीले जनाएको छ । जीप चालक घाइते भएका छन् । 

दुर्घटनामा परेर घाइते भएका शर्माको चिसापानी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया