जर्ज फ्लाेएडपछि अर्का एक अश्वेत व्यक्तिकाे मृत्यु

 जेठ ३२, २०७७ आइतबार १६:१४:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाकाे एक रेस्टुरेन्ट नजिक कारमा सुतिरहेका एक अफ्रिकी–अमेरिकी व्यक्तिलाई गाेली प्रहार गरेकाे विषयमा एटलान्टा प्रहरी प्रमुखले राजीनामा दिएका छन् । 

प्रशासनका अनुसार शुक्रबार झडपकाे क्रममा एक प्रहरी अधिकारीले २७ वर्षीय रेशर्ड ब्रुक्सलाई गाेली प्रहार गरेका थिए । 

मेयर केइशा लन्स बटम्सका अनुसार प्रहरी प्रमुख एरिका शिल्ड्सले शनिबार राजीनामा दिएका हुन् । 

एटलान्टमा प्रदर्शनकारीहरु सडकमा आएका थिए र उनीहरुकाे ब्रुक्सकाे मृत्युकाे विराेध गर्दै कारबाही गर्न माग गरेका थिए । 

शनिबार साँझ प्रदर्शनकारीहरुले एटलान्टामा इन्टरस्टेट–७५ नामकाे एक मुख्य राजमार्ग बन्द गरिदिएका थिए । 

वेण्डिज नाम गरेकाे रेस्टुरेन्टबाहिर ब्रुक्सकाे मृत्यु भएकाे थियाे, प्रदर्शनकारीहरुले त्याे रेस्टुरेन्टमा आगाे लगाएका थिए । 

गएकाे तीन हप्तादेखि प्रहरीकाे हिरासतमा एक अश्वेत अमेरकी जर्ज फ्लाेएडकाे मृत्युपछि पूरै अमेरिकामा विराेध प्रदर्शन भइरहेकाे छ । 

एरिका शिल्ड्स सन् २०१६ डिसेम्बरदेखि प्रहरी प्रमुखकाे पदमा थिइन् र एटलान्टा प्रहरी विभागमा २० वर्षदेखि काम गर्दै आएकी थिइन् । 

एटलान्टा दाेस्राे भूमिकामा विभागसँग जाेडिरहने मेयर बटम्सले बताएका छन् । 

बटम्सले एक बयानमा भने, 'प्रहरी प्रमुखकाे सुधारकाे हिसाबले एटलान्टा देशकै लागि नमुना हुनुपर्ने बताइन्, यसलाई मध्यनजर गर्दै प्रमुख शिल्ड्सले समुदायमा विश्वासकाे भावना बढाउन निकै आवश्यक रहेकाे महसुस गर्दै पदमुक्त हुने प्रस्ताव गरेकी हुन् ।' 

मेयर बटम्सले ब्रुक्सकाे हत्यामा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त गर्ने आदेश पनि दिएका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया