बंगलादेशबाट फर्किए १ सय ५८ जना नेपाली

 जेठ ३२, २०७७ आइतबार १९:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बंगलादेशबाट १ सय ५८ जना नेपालीलाई स्वदेश फर्किएका छन् ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

फर्कने सबैसँग पीसीआर परीक्षणको रिपोर्ट भएकाले काठमाण्डौको होल्डिङ सेन्टरमा राखिने र त्यसपछि सम्बन्धित पालिकाहरुले आफ्ना क्षेत्रका नागरिकलाई क्वरेन्टीनमा राख्ने व्यवस्था मिलाउनेछन् । सरकारले विभिन्न देशमा अलपत्र परेका झण्डै ३० हजार नेपालीलाई जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलायन्सलाई २४,  हिमालय एअरलायन्सलाई १९ र २४ वटासम्म विदेशी एयरलायन्सलाई उडान अनुमति दिइएको छ ।


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Krishna

    June 14, 2020, 10:37 p.m.

    Please note all dates in AD era.

  •  0 Reply

तपाईको प्रतिक्रिया