विश्वमा एकै दिन १ लाख २१ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिए, अहिलेसम्म झण्डै ८० लाख सङ्क्रमित

४१ लाखभन्दा धेरैले कोरोनालाई जिते

 असार १, २०७७ सोमबार ७:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा एकै दिन १ लाख २१ हजार भन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५ सय ९० जना नयाँ सङ्क्रमित पुष्टि भएका वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा १९ हजार २ सय २३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ब्राजिलमा १७ हजार ८६ जना थपिएका छन् ।

यस्तै रुसमा ८ हजार ८ सय ३५ जना सङ्क्रमित थपिएका छन्  भने भारतमा ११ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या झण्डै ८० लाख पुगेको छ ।

अहिलेसम्म ७९ लाख ८२ हजार १ सय १४ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने ४१ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् । कोरोनाका कारण ४ लाख ३५ हजार १ सय ६२ जनाको भने ज्यान गएको  छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया