बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा गाडीको चाप बढेपछि काठमाण्डौ उपत्यकामा ट्राफिक लाइट फेरि सञ्चालन गर्ने भएको छ ।
गएको चैत ११ गतेदेखि लकडाउन भएसँगै काठमाण्डौ उपत्यकाका सडक सुनसान भएका थिए । सडकमा गाडी चल्न छोडेपछि ट्राफिक लाइटको प्रयोग पनि बन्द गरिएको थियो । अब लकडाउन खुकुलोसँगै सबै सरकारी कार्यालय खुलेकाले सडकमा गाडीको चाप बढेपछि ट्राफिक लाइट पनि सञ्चालनमा ल्याउन लागेको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लकडाउनभर नै बत्ती बन्द भएकाले यसको ब्याट्रीले काम गर्ने नगर्ने टुंगो भने छैन । बत्ती बाल्न प्राविधिकको टोलीलाई बोलाएको र प्राविधिकले जाँच गरेपछि अहिले ८ बजेदेखि नै ट्राफिक लाइट बाल्ने उहाँको भनाइ छ ।
काठमाण्डौ उपत्यकाका सिंहदरबार पश्चिम गेट, बागबजार चोक, पद्यमोदय, नयाँ बानेश्वर चोक, तीनकुनेका तीनै घुम्ती, चक्रपथको महाराजगन्ज चोक, गौशाला चोक, कालिमाटी, पुल्चोक र भक्तपुरको गठ्ठाघर अगाडी ट्राफिक लाइट राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।