बालबालिकाको सिकाइमा क्षति पुग्न नदिने प्रम ओलीकाे भनाइ

 असार १, २०७७ सोमबार १३:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाइ प्रक्रियाको सुरुवात गरिएको बताउनुभएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (सोमबार) बाट सुरु गरेको वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइमा क्षति हुन नदिने बताउनुभएको छ ।

उहाँले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ् ।

लामो समय विद्यालय खोल्न सम्भव नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइलाई निरन्तरता दिन वैकल्पिक सिकाइलाई अगाडि सारेको हो । मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोग गरी आजदेखि पठन–पाठन सुरु गरेको हो ।

प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको बताउनुभएको छ । उहाँले एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरेको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले मुलुकमा अव कुनैपनि आन्दोलनको जरुरी नभएको बताउनुभएको छ । उहाँले जति लडने हो यहि पुस्ता लडेको र अब मुलक बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश भित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहोरिने पो हो कि ? एकमुस्ट भन्न चाहन्छु अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईँका अभिभावकहरुको भनाइ झुटा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन ।’

प्रधानमन्त्री ओलीले अप्ठेरोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै देश बन्ने कुरामा आरोप लगाएजस्तो गफ नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अप्ठेरोमा दुविधा हुन्छ । त्यहि दुर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन । ढुक्क रहौं मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया