धार्चुला-लिपुलेक सडकबारे भारतीय रक्षा मन्त्री : नेपालमा भ्रम भयो, वार्ताबाट समाधान खोज्छौँ

 असार १, २०७७ सोमबार १५:२४:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धलाई लिएर फेरि एक पटक अभिव्यक्ति दिएका छन् । उत्तराखण्ड जन संवादलाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपाल-भारत सीमा समस्याको बारेमा बोलेका हुन् ।

जनसंवादलाई भिडिओ कन्फ्रेन्समार्फत सम्बोधन गर्दै सिंहले धार्चुला-लिपुलेक सडकले मानसरोवर जाने यात्रीलाई सजिलो हुने बताए ।

उनले भने, 'पहिला श्रद्धालुलाई‌ मानसरोवर जानको लागि नाथुल पास मार्ग भएर जानुपर्ने अवस्था थियो । यो लामो बाटो थियो तर अब सीमा सडक सङ्गठनले लिपुलेकसम्म एक लिङ्क मार्ग बनाएको छ ।'

रक्षा मन्त्री सिंहका अनुसार यो ८० किलोमिटर लामो सडक छ र जसलाई भारतीय क्षेत्रमा बनाइएको छ । साथै उनले यो मार्गप्रति नेपालमा उत्पन्न भएको भ्रमलाई वार्ताको माध्यमबाट समाधान गरिने बताए । 

उनले नेपाल र भारतबीच असाधारण सम्बन्ध भएको प्रष्ट पारे । 'हामीबीच रोटी बेटीको सम्बन्ध छ र विश्वको कुनै शक्तिले यसलाई तोड्न सक्दैन । सीमाको विषयमा जसले जे भने पनि हाम्रो सम्बन्ध अटुट रहन्छ', उनले भने ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया