नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो, एकैदिन ४५१ थपिए

 असार १, २०७७ सोमबार १६:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । आज एकैदिन चार सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ६ हजार दुई सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा एक जना, वीरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षणमा पाँच जना, सेती अस्पतालमा भएको परीक्षणमा नाै जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा पाँच जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै रुपन्देहीमा गरिएको परीक्षणमा सात जना, विराटनगरमा २५ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा एक सय सात जना, धुलिखेल अस्पताल प्रयोगशालामा पाँच जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । 

त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा एक जना, हेटौँडामा २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा तीन जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

अहिलेसम्म सङ्क्रमित देखिएकामध्ये एक हजार ४१ जना सङ्क्र‍मित उपचारपछि निको भएर घर फर्किएका छन् । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरि २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया