लकडाउन लम्ब्याउने कुनै याेजना छैन : दिल्लीका मुख्यमन्त्री केजरीवाल

 असार १, २०७७ सोमबार १८:३:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा काेराेना भाइरसकाे सङ्क्रमण फैलिने क्रम बढेसँगै लकडाउन थपिएला कि नथपिएला भनेर सर्वसाधरणमा अन्याेल बढेकाे छ । 

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन लम्ब्याउनेबारेमा कुनै याेजना नभएकाे बताएका छन् । 

उनले भने, 'धेरैले दिल्लीमा लकडाउन लम्ब्याउने तयारी भइरहेकाे भनेर आँकलन गरेका छन् । त्यस्ताे कुनै याेजना छैन ।' 

दिल्लीमा लकडाउनमा छुट गर्दा काेराेना सङ्क्रमणकाे दर बढिरहेकाे देखिन्छ, यही कारण दिल्लीमा फेरि लकडाउन लागू हुने अनुमान बढिरहेकाे थियाे, यही सन्दर्भमा राज्यका मुख्यमन्त्री केजरीवालले प्रष्ट पारेका हुन् । 

भारतमा तीन लाख ३२ हजार चार सयभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि भएकाेमा नाै हजार पाँच सय २० जनाकाे ज्यान गएकाे छ । सङ्क्रमितमध्ये एक लाख ६९ हजार सात सयभन्दा धेरै निकाे भएर घर फर्किएका छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया