बढी भाडा लिएर नेपाल आउन लागेको एअर अरेबियालाई मन्त्रालयले रोक्यो

 असार १, २०७७ सोमबार १८:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – तोकिएको भाडा दरभन्दा बढी भाडा लिएर एअर अरेबिया नेपाल आउन खोजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ ।

एअर अरेबियाले दुबई–काठमाण्डौको लागि पाँच सय डलरमा उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि मन्त्री योगेश भट्टराईले नेपाल एअरलाइन्सको भन्दा महँगो भएको भन्दै प्रस्ताव अस्वीकार गर्नुभएकाे हाे । 

मन्त्री भट्टराईले नेपालीहरुको उद्धारको लागि नेपाल एअरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एअलाइन्सको भन्दा सस्तोमा जुनसुकै एअरले पनि नेपालीहरुकाे उद्धार गर्न कुनै रोकतोक नभएका बताउनुभयाे ।

नेपाल एअरलाइन्सको दुबई–काठमाण्डौको भाडा दर भने तीन सय ६० डलर कायम गरिएको छ । एयर अरेबियाले भने जुन ५ मा एक सय ६८ जना र एक जना बच्चालाई पाँच सय डलरमा दुबईबाट काठमाण्डौ लिएर आएको थियो । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Santosh

    June 16, 2020, 1:40 a.m.

    सिधै भनन बरु कमिशन मिलेन भनेर ...चोर डाँकाहरु

  •  0 Reply

तपाईको प्रतिक्रिया