रुकुम पश्चिम घटना : गृह मन्त्रालय भन्छ– 'कारबाही सुरु भयो'

 असार १, २०७७ सोमबार २०:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानुनी कारबाही गर्न संवेदनशील रहेको जनाएको छ ।

गृह मन्त्रालयले घटनाबारे विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणकाे लागि प्रक्रिाय सुरु भइसकेको जनाएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते जाजरकोटको भेरी नगरपालिका ४ बस्ने नवराज विकसहित ६ जनाको ज्यान गएको थियो ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले घटनाकाे सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

अनुसन्धानबाट दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४९३६०१, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४९३६०३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरीलाई ज्यानसम्बन्धी कसुर अनुसार सजाय माग गरिएको छ ।  

यस्तै हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, विराज पुन मगर र सर्वजित भनिने सविन पुनलाई ज्यानसम्बन्धी कसुर अनुसार सजाय माग गरिएको छ ।  

प्रतिवादी इन्द्रबहादुर मल्लले घटनाको सूचना पाएर पनि सम्बन्धित निकायलाई कुनै जानकारी नगराइ घटनालाई लुकाइछिपाइ मतियारको कार्य गरेको र विनोद मल्ल, रेशम मल्लसमेतका प्रतिवादीले नवराज विकसमेतका व्यक्तिलाई लखेट्दै नियन्त्रणमा लिइ कुटपिट गर्ने कार्यमा प्रतिवादी तुलबहादुर मल्ललाई कारबाहीको सिफारिस गरिएको छ । 

यस्तै दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमले सहयोग गरी मतियारको कार्य गरेकाेले निज प्रतिवादी इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमलाई कारबाहीको सिफारिस गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

यस्तै प्रतिवादी परिवर्तित नाम थर ५४ रुकुम पश्चिम ३६, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६९२० ले उल्लेखित घटनाको मुख्य षड्यन्त्र गरेको देखिएकाेले निजले गरेको कार्य मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२ को दफा ३३ बमोजिम कसुर गरेकाले त्यही दफाको उपदफा ९३० क बमोजिम सजाय हुन माग गरिएको छ । 

मृतक तथा घाइतेलाई घेरा हाली ढुङ्गा, लाठीसमेतले प्रहार गर्ने प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, शौरभ पुन, भीमबहादुर बुढा, धनाराज राना र भीमबहादुर पुनले गरेको गृह मन्त्रालयले जनाएको छ ।   

प्रतिवादी डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम थर ५४ ९३६०, परिवर्तित नाम ५४ ९३६०१, परिवर्तित नाम ५४९३६०२, सन्तोष मल्ल, परिवर्तित नाम ५४ ९३६०३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्लले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ ९१० बमोजिम कसुर गरेको देखिन आएकाले त्यही ऐनको दफा ७ को उपदफा १ (क) बमोजिम सजाय हुन माग गरिएको छ । 

प्रतिवादीमध्ये डम्बरबहादुर मल्ल सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ का वडाध्यक्षसमेत भएको जिम्मेवार व्यक्तिले 'लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे' उनीहरुलाई नियन्त्रणमा लिनुपर्छ' भन्ने बहानामा गाउँलेलाई एकीकृत गराइ नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोईरी औलका व्यक्तिलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिइ गुमराहमा पारेर अर्कोतर्फ पठाइ गाउँका मानिसलाई भेला गरी झण्डै चार किमी टाढा गइसकेका पीडितलाई पिछा गर्दै लखेट्दै ढुङ्गा, मुढा प्रहार गरी ६ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृह मन्त्रालयले जनाएको छ ।   

फरार रहेका प्रतिवादी तुलाराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, भीमबहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुनविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया