बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पञ्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेन्ट लगायतका सामग्री उपलब्ध गराउनुभएको हाे ।
राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनुभएको हाे । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले अप्ठ्यारो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार रहेको सन्देश दिएको बताउनुभयो ।
इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्राउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडी कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, ५ सय मिलिलिटरकाे स्यानिटाइजर २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेन्ट १ सय जार, पन्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग स्वरुप उपलब्ध गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।