न्युजिल्याण्डमा २४ दिनपछि काेराेना सङ्क्रमण देखियाे

 असार २, २०७७ मंगलबार १३:१३:५९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – न्युजिल्याण्डमा झण्डै एक महिनापछि पहिलाे पटक काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ दिनपछि पहिलाे पटक दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । सङ्क्रमित दुई जना भर्खरै बेलायतबाट फर्किएकाे र उनीहरु एक–अर्कासँग सम्बन्धित रहेकाे बताइएकाे छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार ती दुई व्यक्तिलाई एक मृत व्यक्तिकाे अन्तिम संस्कारमा बाहिरबाट आउनकाे लागि प्रतिबन्धमा छुट दिइएकाे थियाे । 

न्युजिल्याण्डले गएकाे हप्तामात्रै देश काेराेना भाइरसमुक्त भएकाे घाेषणा गर्दै सबै प्रतिबन्ध हटाएकाे थियाे । 

तर विदेशबाट न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय यात्रामा अझै पनि प्रतिबन्ध लगाइएकाे छ र केवल त्यहीँका नागरिक र अत्यावश्यक कर्मचारीलाई देश फर्कने अनुमति छ । 

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले देश काेराेना भाइरसमुक्त घाेषणा गर्नु निकै ठूलाे कुरा भएकाे र साथसाथै अझै सचेत हुनुपर्ने बताएकी थिइन् । उनले याे अवस्था लगातारकाे प्रयासबाट नै सम्भव भएकाे बताएकी थिइन् । 

काेराेना महामारी नियन्त्रण गर्न सम्बन्धमा न्युजिल्याण्डकाे प्रयासकाे चाैतर्फी सराहना भइरहेकाे छ, न्युजिल्याण्डले महामारीकाे सुरुवातमा नै आफ्नाे सीमा बन्द गर्दै देशव्यापी लकडाउन लागू गरेकाे थियाे ।

विश्वका शक्तिशाली राष्ट्रका पुरुष नेतृत्वहरु कमजाेर देखिइरहेकाे बेला काेराेना नियन्त्रणकाे लागि न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेर्नले विश्वलाई एक उदाहरण दिएकी छिन् । लकडाउनकाे सशक्त पालना, क्वरेण्टीनकाे व्यवस्थापन र कुशल नेतृत्वकाे कारण न्युजिल्याण्डबाट पाठ सिक्न सक्ने विशेषज्ञहरु बताउँछन् । 

न्युजिल्याण्डमा थप दुई जनामा काेराेना सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितकाे सङ्ख्या एक हजार पाँच सय ६ पुगेकाे छ, सङ्क्रमणबाट अहिलेसम्म २२ जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया