बजेटको विरोधमा १० सेकेण्ड मौनधारण

 असार २, २०७७ मंगलबार १५:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गर्नुभएको छ ।  

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलकाे क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोधस्वरुप १० सेकेण्ड मौनधारण गर्नुभएको हो । 

उहाँले सत्तापक्षका सांसदहरुले नै 'क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरुलाई वर्गीकरण गरिएको र प्रतिपक्षका सांसदहरु वर्गीकरणमा पनि पर्न नसकेको भन्दै पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोधस्वरुपमा १० सेकेण्ड मौनधारण गर्नुभएको हो ।

आगामी वर्षकाे बजेटकाे सम्बन्धमा विपक्षीलगायत सत्तारुढ पार्टीकै नेताहरुकाे असन्तुष्टि रहँदै आएकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया