अहिलेसम्म १ लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर परीक्षण

 असार २, २०७७ मंगलबार १७:५४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा अहिलेसम्म  एक लाख ४३ हजार भन्दा धेरैकाे धेरै जनाको पीसीआर विधिमार्फत कोरोना जाँच भएको छ । 

अहिलेसम्म एक लाख ४३ हजार सात सय ३८  जनाको पीसीआर र दुई लाख  २३ हजार पाँच सय जनाको आरडीटी विधिमार्फत जाँच भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा  ५ हजार ५५  जनाको पीसीआर र  ४ हजार १ सय ८३  जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।

मङ्गलबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमितको सङ्ख्या साढे ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको हो ।

त्यस्तै  मङ्गलबार एक सय १७ गरी आजसम्म एक हजार एक सय ५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया