भृकुटीमण्डपको हरियाली मासेर मेगा हल बनाउँदै काठमाण्डौ महानगरपालिका, १२ अर्ब खर्च लाग्ने

 असार २, २०७७ मंगलबार १६:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले भृकुटीमण्डपको दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक मेगा हल निर्माण गर्ने भएको छ । उपत्यकाको वास्तुकलालाई समेत ध्यानमा राखेर निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भइसकेको छ । 

अहिले हरियाली र बगैँचा रहेको जग्गा मासेर हल बनाउन लागिएको छ । तर काठमाण्डौ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दुई सय १२ रोपनी क्षेत्रफलमध्ये झण्डै ६० प्रतिशत ठाउँमा हरियाली बगैँचा रहने र ४० प्रतिशत स्थानमा मेगा हल निर्माण हुने बताउनुभयो । 

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले यो आयोजनालाई ‘ड्रिम प्रोजेक्ट’ को रुपमा अघि बढाउन चाहेकोले त्यसै अनुरुप आफूहरुले काम अघि बढाएको बस्नेतले जानकारी दिनुभयो ।

भवनका दुई तलामा एक हजार कार अटाउने पार्किङ हुनेछ भने दुई सय जना अटाउने ६ वटा मिटिङ हल, चार सय ५० जना अटाउने तीन वटा कन्फ्रेन्स हल र तीन हजार अटाउने अडिटोरियम एउटा हल रहने छ । 

१२ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको यो हलमा ग्रीन रुम, फुड कोर्ट, सार्वजनिक शौचालय, रेस्टुरेन्ट, सभा हल, प्रदर्शनी हललगायत रहने छन् ।

समाज कल्याण परिषद्को मातहतमा रहेको त्यो जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्बन्धित निकायसँग सहमतिको लागि प्रक्रिया अघि बढेको पनि बस्नेतले बताउनुभयो । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Badan Lal Nyachhyon

    June 16, 2020, 10:11 p.m.

    Do they need permission from anybody? Municipalities seem to be the final authorities and they do not need to consult the citizens, the sovereign people. This way the municipalities can destroy the cities with 5000 years history, culture and Heritage.

  •  1 Reply

तपाईको प्रतिक्रिया