काङ्ग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र : 'कोरोना रोकथाममा भएकाे खर्च छानबिन हुन्छ'

 असार २, २०७७ मंगलबार १७:२१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्चको छानबिन हुने बताउनुभएको छ ।

नेपाली कांग्रेसले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोना नियन्त्रणको लागि अहिले हतार-हतारमा काम गरिरहेको तर आर्थिक पारदर्शिताको लागि भएका खर्चको छानबिन हुने वचन दिनुभएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले छिटो काम होस् भनेर कतिपय जिम्मेवारी नेपाली सेनालाई दिइएको तर सेनाले गरेको खर्चको पनि सबै हिसाब–किताब पारदर्शी हुनुपर्ने बताउनुभएको थियो । 

उहाँले भारतबाट फर्किएका नेपालीहरुलाई राख्ने क्वरेण्टीनमा मापदण्ड नपुगेको स्वीकार गर्दै सुधारको कोसिस भइरहेको बताएको पनि नेता खाँणले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण बढाउनुपर्ने, अस्पताल र जनशक्ति बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन हुनपर्नेलगायतका माग राखेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । 

कांग्रेसले जोखिम कम गर्दै व्यापार व्यवसाय खोल्नुपर्ने, मारमा परेका उद्यमीलाई राहत दिनुपर्ने, शहरमात्रै नभइ ग्रामीण क्षेत्र र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पनि वैकल्पिक विधिबाट पढाउनुपर्नेलगायतका माग राखेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया