बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले सञ्चार गृहहरुले कोरोनाको कारण देखाएर श्रमजीवी पत्रकार ऐनविरुद्ध गतिविधि गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको मङ्गलबार बसेको बैठकले सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्कासन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।
विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
साथै एक हप्तासम्म समस्या समाधान नभएमा आन्दोलन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ ।
श्रमजीवी पत्रकारको पेसागत रक्षाकाे लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसिएट संस्थासहित सञ्चार सम्बद्ध सबै सङ्घ–संस्थालाई आग्रह गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।