काेराेना भाइरसबाट जीवन रक्षा गर्ने औषधि भेटियो : बेलायती वैज्ञानिक

 असार २, २०७७ मंगलबार २०:४४:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एक सस्ताे र सहजै पाइने औषधि काेराेना भाइरसकाे सङ्क्रमणबाट गम्भीर बिरामीहरुकाे जीवन बचाउनकाे लागि सहयाेग गर्ने बेलायती वैज्ञानिहरुले बताएका छन् ।  

बेलायती विशेषज्ञहरुका अनुसार कम डाेजकाे स्टाेराेयड औषधि डेक्सामेथासाेन घातक काेराेना भाइरसविरुद्धकाे लडाइँमा एक ठूलाे सफलता हाे । 

याे औषधिले भेन्टिलेटरमा हुने मृत्युकाे जाेखिमलाई एक तिहाइले घटाएकाे छ । त्यस्तै अक्सिजनकाे सहायतामा उपचार गराइरहेकाकाे हुने मृत्यु २० प्रतिशतसम्म कम भएकाे छ । 

काेराेना महामारीकाे सुरुवातमा बेलायतमा बिरामीकाे उपचारकाे लागि याे औषधि प्रयाेग गरिएकाे भए पाँच हजार जनाकाे ज्यान बचाउने सकिने एक अध्ययनमा भनिएकाे छ । 

साथै काेभिड–१९ बिरामीहरुकाे धेरै सङ्ख्या भएका गरिब देशहरुले यसकाे लाभ लिन सक्थे । 

काेराेना सङ्क्रमित २० मध्ये १९ जना अस्पतालमा भर्ना नभइकन नै ठिक हुन्थे । अस्पतालमा भर्ना भएकामध्ये पनि अधिकांश ठिक हुन्थे तर केहीलाई अक्सिजन र मेकानिकल भेन्टिलेसनकाे आवश्यकता पर्दथ्याे । उच्च जाेखिम भएका बिरामीलाई डेक्सामेथासाेनले सहयाेग गरेकाे देखिन्छ । 

याे औषधिलाई पहिलेदेखि नै सुन्निने क्रम कम गर्नकाे लागि प्रयाेग गरिन्थ्याे र शरीरमा हुने हानीलाई राेक्न मद्दत गरेकाे देखिन्थ्याे । काेराेना भाइरसँग जुध्ने क्रममा शरीरकाे प्रतिरक्षा प्रणाली ओभरड्राइभ हुँदा पनि याे औषधिले मद्दत गरेकाे देखिएकाे थियाे । 

परीक्षणमा अक्सफाेर्ड विश्वविद्यालयका एक दलकाे नेतृत्वमा झण्डै २००० जना अस्पतालका बिरामीलाई डेक्सामेथासाेन दिइयाे र उनीहरुकाे तुलना ४००० जना भन्दा धेरैसँग गरियाे, जसले याे औषधि लिएका थिएनन् । 

भेन्टिलेटमा रहेकाे बिरामीकाे मृत्युकाे जाेखिमलाई याे औषधिले ४० देखि २८ प्रतिशतसम्म घटाएका पाइयाे । साथै अक्सिजनकाे सहायतामा उपचार गराइरहेका बिरामीकाे मृत्युकाे जाेखिम २५ देखि २० प्रतिशतसम्म घटाएकाे पाइयाे । 

अक्सफाेर्ड विश्वविद्यालयका शाेधकर्ता पीटर हार्बीले एक बयानमा याे निकै उत्साहजनक भएकाे बताएका छन् । र चाँडै नै अध्ययनलाई प्रकाशित गरिने बताइएको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया