विश्वमा कोरोना सङ्क्रमितको संख्या ८२ लाख नाघ्याे

 असार ३, २०७७ बुधबार ६:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ८२ लाख ५० हजार नाघेको छ ।

अहिलेसम्म ८२ लाख ५६ हजार २ सय ५७ जना सङ्क्रमित भएका वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमित भएकामध्ये झण्डै ४३ लाख निको भएका छन् । अहिलेसम्म ४३ लाख ६ हजार ८९ जना निको भएका हुन् । सङ्क्रमणका कारण ४ लाख ४५ हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । भारतमा ११ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८७ हजार ५ सय ५२ जना निकाे भएका छन् ।

विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमित हुनेमध्ये २२ लाख ८ हजार ४ सयसहित अमेरिकामा पहिलाे स्थानमा छ भने ९ लाख २८ हजार ८ सय ३४ सहित ब्राजिल दाेस्राे तथा ५ लाख ४५ हजार ४ सय ५८ सहित रुस तेस्राे स्थानमा छन् । 

विश्वभरमा अहिले ३५ लाख ४ हजार २ सय ३१ जनाकाे उपचार भइरहेकाे र तीमध्ये ५४ हजार ५ सय ९३ सङ्क्रमितकाे अवस्था गम्भीर रहेकाे वर्ल्डओमिटरले जनाएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया