बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - आज सडकमा बिजोर नम्बरका गाडी चलिरहेका छन् ।
आज बिजोर गते भएकाले गाडीको अन्तिम नम्बर बिजोर भएका गाडीहरु सडकमा चलेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज काठमाण्डौ उपत्यकाभित्र बिजोर नम्बरका निजी गाडी तथा मोटरसाइकल गुडेका र जोर नम्बरका चलाउन नपाइने जनाएको छ ।
आज जोर नम्बर प्लेट भएका गाडी चलाए कारबाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनुभयो । जोर नम्बरका गाडी चलाएको भेटिए दिनभरी होल्ड गरिने उहाँको भनाइ छ ।
हिजो नियम उलंघन गरी चलाउने १ हजार ७ सय ७१ गाडीलाई होल्ड गरी छाडिएको छ । आज बिहान ३१ वटा गाडी होल्ड भएका छन् । २९ वटा दुई पाङग्रे र २ वटा चारपाङग्रे गाडीलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सरकारले लकडाउन केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे गाडी चलाउन दिने निर्णय गरेको हो । मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने नियमको विरोध भैरहेको छ ।
यस्तै सरकारले यसअघि वितरण गरेका सवारी पास रद्द गरेको छ । तर एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्दा जिल्ला प्रशासन कार्यालयले दिएको पासका आधारमा पालिका समेतको समन्वयमा केही गाडी काठमाण्डौ भित्रने गरेका छन् ।
लकडाउन पूर्णरुपमा नखुलेको तर केही खुकुलो पारेर दैनिक क्रियाकलाप अगाडि बढाउने सरकारको निर्णय अनुसार आवश्यक स्वास्थ्य सुरक्षाका साथै अरु सावधानी र ट्राफिक नियमको पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले आग्रह गर्नुभएको छ ।
गएको २४ घण्टामा विभिन्न नाकाबाट २ हजार ९ सय ७५ वटा गाडीमा ५ हजार ५ सय ७३ जना काठमाण्डौ भित्रिएका छन् । यस्तै २ हजार ७ सय ४६ वटा गाडीमा ५ हजार ५ सय २३ जना काठमाण्डौबाट बाहिर गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।