धुलिखेल नगरपालिकामा लकडाउन अवधिको कर छुट

 असार ३, २०७७ बुधबार १७:३:४४ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक – धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यवसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । 

नगर कार्यपालिका बैठकले पर्यटन, उद्योग तथा व्यापार व्यवसायीलाई लकडाउन अवधिभरको कर छुट दिने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, 'लकडाउनमा व्यवसाय ठप्प भएकाले व्यवसायीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यस अवधिको कर छुट दिने निर्णय गरेका हाैँ ।' उहाँका अनुसार लकडाउन अघिसम्मको कर असार मसान्तसम्म तिर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

'लकडाउनअघिको कर असार मसान्तसम्ममा तिर्न आग्रह गरेका छौँ, यस करमा पनि जरिबानासमेत मिनाहा गर्ने निर्णय भएको छ', ब्याञ्जुले भन्नुभयो ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया