भारत चीन तनाव : चीनले भन्याे– 'हामी जिम्मेवार छैनाैँ, भारतीय सेनाले प्राेटाेकल उल्लङ्घन गर्‍याे'

 असार ३, २०७७ बुधबार १४:३८:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनकाे विदेश मन्त्रालयले गलवान उपत्यकामा भएकाे घटनाप्रति आफू जिम्मेवार नभएकाे बताएकाे छ ।  

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झओ लिजियानले भने, 'याे घटनाप्रति सही र गलत प्रष्ट छ । याे घटना एलएसीकाे चीनतर्फकाे क्षेत्रमा भएकाे हाे र यसकाे लागि चीनलाई जिम्मेवार ठहराउन मिल्दैन ।' 

'गलवान उपत्यकाकाे सम्प्रभुता सधैँ चीन नजिक रहेकाे छ । भारतीय सैनिकले बाेर्डर प्राेटाेकल र हाम्राै कमाण्डर स्तरकाे वार्तामा भएकाे सहमतिकाे गम्भीर उल्लङ्घन गर्‍याे।' साथै विदेश मन्त्रालयका प्रवक्ता लिजियानले चीनले अरु सङ्घर्ष नचाहेकाे बताएका छन् । 

विदेश मन्त्रालयका प्रवक्ता लिजियानले दुवै देशबीच कुटनीतिक र सैनिक स्तरमा वार्ता भइरहेकाे बताएका छन् ।

यी दुई देशबीच विवादित सीमा क्षेत्र लद्दाखमा भएको सङ्घर्षमा भारतीय पक्षका २० सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता चिनियाँ पक्षका केही सैनिक घाइते भएको बताइए पनि यकिन भइसकेको छैन ।

सुरुमा मंगलबार ३ सैनिककाे ज्यान गएकाे जानकारी दिएकाे भारतीय सेनाले बुधबार सबेरै अन्य १७ सैनिकसहित जम्मा २० सैनिकले ज्यान गुमाएकाे अद्यावधिक गरेकाे हाे ।

भारतीय सेनाका अनुसार पछिल्लाे ४५ वर्षमा सीमा क्षेत्रमा भएकाे याे सबैभन्दा डरलाग्दाे झडप भएकाे र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चाेटका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेकाे छ । 

यद्यपि दुई सैनिकबीचकाे सङ्घर्षमा गाेली नचलेकाे अधिकारीहरुले बताएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nepali

    June 17, 2020, 3:32 p.m.

    कुटेरै मारेछन्, रुकुमवाट सिकेजस्तो छ चिनियाहरुले /

  •  0 Reply

तपाईको प्रतिक्रिया