बेइजिङमा कोरोना सङ्क्रमित बढेपछि १२ सयभन्दा धेरै उडान रद्द

 असार ३, २०७७ बुधबार १५:११:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणको फेरि बढ्न थालेपछि चीनको राजधानी बेइजिङमा १२ सयभन्दा धेरै उडान रद्द गरिएको छ ।

बेइजिङमा आज एकैदिन ३१ सहित गएको एक हप्तामै एक सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बेइजिङका विमानस्थलमा आज उडान बन्द गरिएको बीबीसीले जनाएको छ । 

यस्तै बेइजिङका सबै शैक्षिक संस्था बन्द गर्नुको साथै खेल, पौडी पोखरी, जिमखानालगायत पनि बन्द छन् । नयाँ सङ्क्रमितको सम्बन्ध होलसेल खाद्य बजारसँग देखिएपछि राजधानी बेइजिङमा सतर्कता बढाइएको खबरमा उल्लेख छ । 

सङ्क्रमित बढेपछि मानिसहरुलाई बेइजिङ नछोड्न आग्रह गरिएको छ । जोखिम क्षेत्रका बासिन्दालाई यात्रामा प्रतिबन्ध लगाइएको छ । यस्तै चीनका अरु प्रान्तले बेइजिङबाट गएका यात्रुहरुलाई क्वरेण्टीनमा राखेका छन् । 

बेइजिङ शहरका प्रवक्ता जू हेजियानले राजधानी बेइजिङमा महामारीको अवस्था अत्यन्त गम्भीर रहेको चेतावनी दिएका छन् । 

यसैबीच भारतमा कोरोना भाइरसको कारण एकैदिन दुई हजारभन्दा धेरैको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको सङ्ख्या ११ हजार नौ सय २१ पुगेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । सङ्क्रमितको सङ्ख्या बढेर तीन लाख ५४ हजारभन्दा धेरै भएको छ  ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया