कोरोना सङ्क्रमणपछि निको हुने १ हजार १६७ पुगे, १ लाख ४९ हजार बढीकाे पीसीआर परीक्षण

 असार ३, २०७७ बुधबार १७:१३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या एक हजार एक सय ६७ पुगेको छ  । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप नाै जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो समय सिरहाबाट ६ जना र वीरगञ्जबाट तीन जना सङ्क्रमित निकाे भएका हुन् । याेसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक हजार एक सय ६७ पुगेकाे हाे ।

नेपालमा अहिलेसम्म एक लाख ४९ हजार सात सय ७२ जनाको पीसीआर विधिमार्फत कोरोनाको परीक्षण भएको छ । त्यस्तै मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ३३ हजार जनाको आरडीटीमार्फत कोरोनाको परीक्षण भएको छ । 

पछिल्लो २४ घण्टामा ६ हजार ३७ हजारको पीसीआर परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया