भारत–चीन तनाव : दुई देशका विदेश मन्त्रीबीच वार्ता, शान्ति कायम गर्न जाेड

 असार ३, २०७७ बुधबार २०:१९:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारत र चीनका सेनाबीच भएकाे झडपपछि तनावपूर्ण अवस्था रहिरहँदा भारतीय विदेश मन्त्री एस जयशङ्कर र चिनियाँ विदेश मन्त्री वाङ्ग यीले बुधबार टेलिफाेनमा वार्ता गरेका छन् । 

भारत सरकारकाे तर्फबाट जारी गरिएकाे बयानमा भनिएकाे छ– 'साेमबार राति भएकाे हिंसाकाे घटनालाई लिएर विराेध जनाउँदै याे घटना चीनकाे उक्साहट र याेजनाबद्ध रणनीति अनुसार भएकाे हाे । जसकाे कारण हिंसा भयाे र भारतीय सेनाकाे मृत्यु भयाे ।'

यता चिनियाँ विदेश मन्त्रीले याे घटनामा चीनलाई दाेष दिन नमिल्ने बताएका छन् । दुई नेताबीच भएकाे वार्तामा भारत र चीनका नरेन्द्र माेदी–शी जिनपिङ्गबीच बनेकाे सहमतिकाे पालना गर्नुपर्ने कुरामा जाेड दिइएकाे छ । 

दुवै देशले गलवान उपत्यकामा भएकाे हिंसक झडपपछिकाे अवस्थालाई साम्य गर्ने सहमति जनाएकाे बयानमा भनिएकाे छ । 

दुवै देश सैन्य स्तरकाे वार्तामा भएकाे सहमति अनुसार अबकाे कदम उठाउन तयार भएकाे बताइएकाे छ । दुवै पक्षले सीमामा शान्ति बनाइराख्न सहमति जनाएका छन् र कसैकाे तर्फबाट आक्रामक कदम उठाइएकाेबारे अस्वीकार गरेका छन् । 

यी दुई देशबीच विवादित सीमा क्षेत्र लद्दाखमा भएको सङ्घर्षमा भारतीय पक्षका २० सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता चिनियाँ पक्षका केही सैनिक घाइते भएको बताइए पनि यकिन भइसकेको छैन ।

सुरुमा मंगलबार ३ सैनिककाे ज्यान गएकाे जानकारी दिएकाे भारतीय सेनाले बुधबार सबेरै अन्य १७ सैनिकसहित जम्मा २० सैनिकले ज्यान गुमाएकाे अद्यावधिक गरेकाे हाे ।

भारतीय सेनाका अनुसार पछिल्लाे ४५ वर्षमा सीमा क्षेत्रमा भएकाे याे सबैभन्दा डरलाग्दाे झडप भएकाे र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चाेटका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेकाे छ । 

यद्यपि दुई सैनिकबीचकाे सङ्घर्षमा गाेली नचलेकाे अधिकारीहरुले बताएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया