नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

मकवानपुरको भीमफेदीमा पहिरो खस्दा अवरुद्ध सडक अझै खुलेन

 असार ४, २०७७ बिहीबार ७:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन - चितवनको कालिखोलामा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । 

इच्छाकामना गाउँपालिका कालिखोलामा हिजो पहिरो खसेको हो । पहिरो पन्छाएर गाडी एकतर्फी सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिखोलामा गाडीको चाप छ ।

पहिरो पन्छाउने काम भैरहेकाले आज दुईतर्फी नै गाडी सञ्चालन हुने नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । तर लगातार जसो पानी परेकाले पहिरोको जोखिम कायमै रहेको उहाँको भनाइ छ । नारायणगढ मुग्लिन सडकको बाटो विस्तार गर्दा ठाउँ ठाउँमा पहाड काटिएको छ ।

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका ६ देउरालीमा पहिरो खस्दा अवरुद्ध सडक अझै खुलेको छैन । भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ चल्ने गाडी तीन दिनदेखि चल्न नसकेका भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया