बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले रोपाईं हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलोपटक रोपाईं सुरु हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेको हो । मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको समर्थन मूल्य दुई हजार ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो ।
पहिलोपटक रोपाईं हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेपछि किसानका लागि बचत सुनिश्चित भएको मन्त्रालयले दावी गरेको छ । किसानले व्यवसायीलाई बिक्री गर्न नसके सरकारी कम्पनीले खरिद गर्ने मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा समेत समर्थन मूल्य तोकिएको बालीको बजारको ग्यारेन्टी गर्ने उल्लेख छ । उत्पादन गरेको बाली बिक्री नभए सरकारले खरिद गर्ने सुनिश्चित भएपछि किसानले ढुक्कका साथ उत्पादनका लागि लगानी गर्ने र त्यसले कृषि उपज उत्पादनमा समेत वृद्धि हुने मन्त्रालयको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।