संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

 असार ४, २०७७ बिहिबार १३:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको संविधानको दोस्रो संशोधन विधेयेक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । 

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नको लागि पेस भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो । 

राष्ट्रिय सभामा उपस्थित ५७ जना सांसदले नै संविधान संशोधनको पक्षमा मतदान गरेका छन् । यसअघि यो विधेयक प्रतिनिधि सभाबाट पनि सर्वसम्मत पारित भइसकेको छ । सरकारले भारतले कब्जा गरेका लिम्पियाधुरा, लिपु्लेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको छ । 

संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न सरकारले विधेयेक ल्याएकोमा संसदका दुवै सदनले पारित भएको छ । अब यो विधेयेक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया