गलवान उपत्यकाको स्वामित्वमा चिनियाँ दाबी 'अतिरञ्जित' : भारत

 असार ४, २०७७ बिहीबार १४:३:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीन र भारतबीच झडप भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई 'अतिरञ्जित र समर्थन गर्न नसकिने' भएको बताएको छ ।

सोमबार राति भारतीय र चिनियाँ सैनिकबीचको सङ्घर्ष हुँदा भारतीय सेनाले सीमा क्षेत्र पार गरेको आरोप चीनले लगाएपछि भारतले चीनको दाबीलाई अस्वीकार गरेको हो । बुधबार चीनले गलवान उपत्यका आफ्नो भएको बताएको थियो ।

चीन र भारतका विदेश मन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्ति निकालेर भारतले चीनले रणनीतिक रूपमा महत्तवपूर्ण गलवान उपत्यकाको सीमामा चीनले निर्माण गर्न प्रयास गरेपछि सङ्घर्ष भएको दाबी गरेको छ । भारतले त्यसलाई हिंसा र मानवीय क्षतिका लागि चीनको जिम्मेवार योजनाबद्ध काम भन्दै सच्याउन भनेको बीबीसीले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई अतिरञ्जित र समर्थन गर्न नसकिने भएको बताएको छ । दुवै पक्षले विकट हिमाली क्षेत्रको विवादास्पद सीमामा भएको घटनाकाे सम्बन्धमा आ–आफ्नो तर्फबाट विरोध जनाइसकेका छन् ।

गलवान प्राप्तमा भएको झडपमा कम्तीमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने चीनले आफ्नो क्षतिबारेमा जानकारी गराएको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुवै देशका विदेश मन्त्रीहरूले फोन वार्ता गरेका र स्थितिलाई जिम्मेवार तरिकाले व्यवस्थापन गर्न सहमत भएको बताउनुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया