भारतले हेपाहा प्रवृत्ति देखाएर वार्तामा आउन चाहेन : नारायणकाजी श्रेष्ठ

 असार ४, २०७७ बिहिबार १५:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएर वार्तामा बस्न नचाहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा श्रेष्ठले भारतको हेपाहा प्रवृत्तिका कारण वार्ता हुन नसकेको बताउनुभएको छ । 

नेपालको भूमि मिचेर नक्सा सार्वजनिक गरेको भारतलाई नेपालले पटक-पटक कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे पनि भारतले नचाहेको बताउनुभयो । 

उहाँले भारतका थुप्रै कुटनीतिक व्यक्तिहरुले समेत नेपालसँग वार्ता नगर्नु भारतको गल्ती भएको बताएको उल्लेख गर्दै भारतलाई ऐतिहासिक तथ्यको आधारमा निष्कर्षमा छिटो पुग्नसमेत आग्रह गर्नुभयो । 

उहाँले भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्न हुने तर नेपालले संविधान संशोधन गर्दा वातावरण बिग्रिएको भन्नु हेपाहा प्रवृत्ति भएको बताउनुभयो ।नोभेम्बर सन् १९१९ मा भारतले जारी गरेको नक्सामा पनि काली नदी उल्लेख भएको र सात दिनपछि फेरि काली नदी हटाएर परिवर्तन गर्नुले भारतको नियत स्पष्ट भएको बताउनुभयो । 

उहाँले इतिहासमा सीमासम्बन्धी मुद्दामा वा राष्ट्रियताका विषयहरुमा भएका कमीकमजोरी भएको भए आत्मालोचना गरे स्वागतयोग्य हुने र अहिले चालिएको कदमको अवस्थामा ती मुद्दा पनि सँगसँगै आरोप प्रत्यारोपको रुपमा लैजान नहुने बताउनुभयो ।    

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया