'सरकारकाे हातखुट्टा बाँधेर चौतर्फी आक्रमण भइरहेको छ'

 असार ४, २०७७ बिहिबार १५:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रतिनिधि सभा सांसद खगराज अधिकारीले सरकारकाे हातखुट्टा बाँधेर चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । 

सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठाउन नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैँचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी आक्रमण गरिएको बताउनुभयो । 

सरकारको हातखुट्टा बाँधेर सरकारले गर्न दिएन भन्दै चौतर्फी हमला भएको उल्लेख गर्दै उहाँले सरकारविरुद्धको आलोचनाले कोभिड—१९ विरुद्धको लडाइँभन्दा व्यवस्थाविरुद्धको लडाइँलाई हौसला दिने बताउनुभयो । 

क्वरेण्टीनमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको समस्या समाधानको लागि सरकारलाई गम्भीर हुन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘सरकारलाई चौतर्फी घेराबन्दी गरिएको छ । अदालतले साउनदेखि नै भ्याट उठाउन नपाउने बनाएको छ । लकडाउन धेरैपछि सुरु भएको हो तर चालु आर्थिक वर्षको साउनबाट नै भ्याट उठाउन नपाउने बनाएको छ । सरकारका हातखुट्टा बाँध्ने र राष्ट्रपति कार्यालयमा एक करोडभन्दा बढीको गलैँचा फेरियो भनेर आलोचना गर्ने यस्ता कामहरुले सरकारलाई चौतर्फी आक्रमण गरेको छ ।’

सरकारमाथि भइरहेका आक्रमणहरुको सामना गर्दै आइसोलेशन र क्वरेण्टीन बढाएर पीसीआर परीक्षणको दायरा तीव्र गतिमा बढाउनुपर्ने उहाँले बताउनुभयो । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र रणनीतिक सडकहरुलाई कोरोनाविरुद्ध लड्दै निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया