अर्घाखाँचीका ९७ सहित कोरोना पुष्टि भएका ६ सय ७१ जना कहाँका हुन् ?

 असार ४, २०७७ बिहीबार १७:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । बिहीबार ६ सय ७१ जनामा पुष्टि भएको यो सङ्ख्या एकैदिन सङ्क्रमित हुनेकाे सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा विराटनगरमा भएको परीक्षणमा झापाका दुई र मोरङका एक जना गरी तीन जनामा काेराेना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा भएको परीक्षणमा अछामका ४२ जना, बैतडीका २५ जना, बाजुराका ४२ जना, भक्तपुरका तीन जना, डडेल्धुराका ८४ जना, कैलालीका २१ जना, कपिलवस्तुका १६ जना, काठमाण्डौ, नुवाकोट र सर्लाहीका दुई/दुई जना, रुपन्देहीका तीन जना, रौतहटका ३४ जना र नवलपरासी, सिन्धुपाल्चोक र ललितपुरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा सिन्धुलीका एक जना, भरतपुरमा भएको परीक्षणमा पवर्तका पाँच जना, चितवनका र नवलपरासी पूर्वका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा धनुषाका २९ जना, मनाङ र बाग्लुङका गरी दुई जना, नवलपरासी पूर्वका ३० जना, स्याङ्जाका नाै जना, पवर्तका चार जना, तनहुँका १५ जना र गोरखाका ११ जनामा कोरोना पुष्टि भएको छ । मनाङमा आज पहिलाे पटक काेराेना देखिएकाे हाे । याेसँगै नेपालकाे ७४ जिल्लामा काेराेना सङ्क्रमण देखिएकाे छ । 

रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ९७ जना, गुल्मीका तीन जना, कपिल​वस्तुका एक जना, पाल्पाका ६ जना, रुपन्देहीका नाै जना तथा रोल्पा र नवलपरासीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

बाँकेमा भएको परीक्षणमा बाँकेका तीन जना, बर्दियाका तीन जना, कैलालीका एक जना र दैलेखका आठ जनामा कोरोना भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा दाङका चार जना, सुर्खेतमा भएको परीक्षणमा दैलेखका ८६ जना, सुर्खेतका ३४ जना र सेती प्रयोगशालामा भएको परीक्षणमा अछाम, बझाङ र कञ्चनपुरका दुई/दुई जना, कैलालीका २० जना र डोटीका पाँच जनामा काेराेना पुष्टि भएको छ । 

नेपालमा अहिलेसम्म एक लाख ५५ हजार पाँच सय १८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म दुई लाख ४३ हजार जनाको आरडीटी विधिमार्फत कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ४६ जनाको पीसीआर र नाै हजार पाँच सय ३२  जनाको आरडीटीमार्फत परीक्षण भएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया