काठमाण्डाै महानगरपालिकाले कोरोनाबाट प्रभावित करदातालाई सहुलियत दिने

 असार ४, २०७७ बिहीबार १८:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, आवागमन व्यवस्थापनलगायतलाई महत्तव दिइएको छ ।

महानगरपालिकाले कोरोनाकाे कारण व्यापार व्यवसायमा आएको मन्दीलाई ख्याल गरेर महानगरभित्र सञ्चालित होटल, रेस्टुरेन्ट, सपिङ मल, डे/नाइट मार्केटलगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ ।

यस्तै महानगरपालिकाले प्रगतिशील कर प्रणालीको विकास, करकाे दायरा विस्तार, करको दर पुनरावलोकन र चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ । करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ ।

यस्तै शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामाग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति पनि महानगरपालिकाले लिएको छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया