संविधान संशोधन विधेयक प्रमाणीकरण, निशान छापमा नयाँ नक्सा

 असार ४, २०७७ बिहिबार १८:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानकाे दोस्रो संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।

अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियाे ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया