नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन, 'जथाभाबी ओभरटेक गर्दा झन् बढी चाप र जाम'

 असार ५, २०७७ शुक्रबार ७:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बिहीबार दिनभर एकतर्फी सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडकमा रातिदेखि दुईतर्फी गाडी चल्न थालेका छन् । तर गाडीको भने जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

मनसुनको सुरुवातीसँगै मुग्लिन नारायणगढ सडकमा फेरि सास्ती सुरु भएको छ । पहिरोले सडक अस्तव्यस्त बन्न पुगेको हो । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक हिजो दिनभर एकतर्फी मात्रै सञ्चालन भएको थियो ।

चालकहरुले जथाभाबी ओभरटेक गर्दा झन् बढी चाप र जाम हुने गरेको स्वयं चालकहरु नै स्वीकार गर्छन् । सडकखण्ड फराकिलो भए पनि कालीखोला पुल, जलबिरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्ने गरेका छन् ।

ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको छ । सार्वजनिक गाडी नचल्दासमेत जाममा ट्रक र निजी गाडी फस्ने गरेका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया