भारत–चीन तनाव : अमेरिकाकाे प्रतिक्रिया

 असार ५, २०७७ शुक्रबार १०:१६:२४ | एजेन्सी
unn.prixa.net

अमेरिकी विदेश मन्त्री माइक पाेम्पियाे

काठमाण्डाै – अमेरिकाले लद्दाखकाे गलवान उपत्यकामा भारत र चीनका सेनाबीच साेमबार राति भएकाे सङ्घर्षलाई लिएर पहिलाे पटक प्रतिक्रिया दिएकाे छ । 

दुई देशका सेनाबीच भएकाे सङ्घर्षमा भारतका २० सैनिकले ज्यान गुमाएका थिए भने चिनियाँ सेनाकाे अवस्थाकाे बारेमा अझै आधिकारिक जानकारी प्राप्त भइसकेकाे छैन । 

अमेरिकी विदेश मन्त्री माइक पाेम्पियाेले ट्वीट गर्दै भारतप्रति समवेदना जनाएका छन् । 

माइक पाेम्पियाेले भने, 'चीनसँग भर्खरै भएकाे सङ्घर्षकाे कारण ज्यान गुमाएका भारतीय सैनिकप्रति हाम्राे गहिराे समवेदना छ । हामी सैनिकका परिवार, आत्मीय मित्र र समुदायलाई सम्झन चाहन्छाै । यस्ताे समय, अहिले उनीहरु शाेक मनाइरहेका छन् ।'

यद्यपि भारत र चीनबीच तनावकाे अवस्था भइरहँदा अमेरिका चीनसँग आफ्नाे सम्बन्ध सुमधुर बनाउन पनि जुटिरहेकाे छ । 

बुधबार अमेरिकी विदेश मन्त्री पाेम्पियाेले चीनका शीर्ष राजनेता याङ्ग जिचीसँग सात घण्टा बैठक गरेका थिए । दुवै जना डिनरमा सहभागी भएका थिए र सात घण्टासम्म कुराकानी गरे ।

पर्यवेक्षकका अनुसार अवस्था पूर्णरुपमा साम्य नभए पनि भारी तनाव हल्का हुनसक्ने र कुनै उपाय निस्कन सक्ने अनुमान छ । 

दुई देशबीचकाे याे बैठकले अमेरिका र चीन आपसी तनाव बढाउन नचाहेकाे अधिकारीहरु बताउँछन् । 

चीनले याे भेटघाटलाई रचनात्मक भनेकाे छ । 

चिनियाँ शीर्ष राजनेता याङ्गले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङ्गकाे विषयमा कुनै टकराव ननिम्ताउन र याे आफ्नाे आन्तरिक मामिला भएकाे बताएका छन् । 

साथै अमेरिकी विदेश मन्त्री पाेम्पियाेले चीनलाई काेभिड–१९ महामारीलाई लिएर सूचना सार्वजनिक गर्ने क्रममा पारदर्शिता देखाउन भनेका छन् ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया