कोरोना जितेकी प्रसिद्धी भन्छिन्-‘कोरोनाबारे प्रधानमन्त्रीको झुट अत्ति भयो’

 असार ५, २०७७ शुक्रबार १३:५३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बिहीबार राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबारे लामै समय भाषण दिनुभयो । उहाँले कोरोनालाई रुघाखोकीसँग तुलना गर्नुभयो ।

‘कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन’ प्रधानमन्त्रीले भन्नुभएको थियो । प्रधानमन्त्रीले बेसारको बारेमा पनि लामै समय खर्चनुभयो । उहाँको भनाइको चौतर्फी आलोचना भइरहेको छ । 

प्रधानमन्त्रीको भनाइप्रति नेपालमा कोरोना सङ्क्रमण देखिएकी दोस्रो बिरामी प्रसिद्धी श्रेष्ठले पनि आपत्ति जनाउनुभएको छ । उहाँ अहिले निको भइसक्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जे पायो त्यही भनेर कोरोनाका बिरामीको उपेक्षा गरेको पनि आरोप लगाउनुभएको छ । 

प्रसिद्धीले ट्विटरमार्फत भन्नुभएको छ , ‘मैले कोरोना भोगिसकेको छु, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ, कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो ।’

 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया