सांसद विकास कोषमा खर्च नभएको रकम कोरोना रोकथाममा खर्च गरिने

 असार ५, २०७७ शुक्रबार १६:६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अर्थात सांसद विकास कोषमा खर्च नभएको रकम कोरोना रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । असार २ गतेको मन्त्रिपरिषद्को बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित पालिकामा कोरोनाको रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको हो ।

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गरी खर्च नभएको रकम कोरोनाको रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको छ । 

चालु आर्थिक वर्षको लागि कोषमा छुट्याइएको रकममध्ये खर्च नभएको रकम असार १५ गतेभित्र सम्बन्धित पालिकामा रहेको कोभिड-१९ व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्नुपर्ने छ। 

यसरी जम्मा भएको रकम कोरोनाको रोकथाम नियन्त्रण र उपचारको काममा मात्र खर्च गर्न पाउने भन्ने निर्णय भएको छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया