बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - कोरोनाको जोखिम बढेको भन्दै सरकारले हिँडडुल र जमघटमा कडाइ गरेको छ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रुको आवागमन रोक्न निर्देशन दिएको हो ।
गृहले अत्यावश्यक कामबाहेक मानिसलाई रातिमा हिँडडुल नगर्न भनेको छ । यस्तै मालवाहक गाडीमा यात्रु ओसारपसार भइरहेकाले चालक र सह-चालकबाहेक अरुले यात्रा गर्न नपाउने र यसको कडा निगरानी हुने पनि गृहले जनाएको छ ।
यस्तै विवाह, मृत्यु, चाडपर्व, पूजा पाठलगायतका धार्मिक र सांस्कृतिक कार्यक्रममा धेरै भिडभाड हुन थालेको भन्दै गृहले बढीमा १५ जनाभन्दा धेरै जम्मा नहुन पनि निर्देशन दिएको छ ।
उद्योग, कलकारखाना र विकास निर्माणका कार्यमा एकपटकमा एक ठाउँमा बढीमा १० जनाभन्दा धेरै व्यक्ति भेला हुन नपाउने गृह मन्त्रालयले जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला बालबालिका लगायतलाई सकभर घरभित्रै रहन मन्त्रालयले अनुरोध गरेको छ ।
कोरोनाको जोखिम हेरेर स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका जुनसुकै क्रियाकलापमा बन्देज लगाउन सक्ने पनि गृह मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।