आइतबारको खण्डग्रास सूर्य ग्रहण : कुन राशिलाई के फल ?

 असार ६, २०७७ शनिबार ८:४३:१९ | बलराम उपाध्याय खकुरेल
unn.prixa.net

काठमाण्डाै - असार ७ गते औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा असार ७ गते बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ । र ग्रहण मोक्ष अर्थात् ग्रहण दिउँसो २ः२३  हुनेछ ।

यसरी नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको हुनेछ । ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुको प्रमाण छ । सूर्य ग्रहणमा ४ प्रहर ( १२ घण्टा ) र चन्द्र्रग्रहणको समयमा ३ प्रहर ( ९ घण्टा ) अगाडि नै सूतक लाग्ने गर्दछ । यसकारण ७ गते लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय ६ गते राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले ६ गते राति १०ः५० देखि नै  बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ । 

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका,  अष्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपिया लगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरुबाट समेत देख्न सकिन्छ । 

ग्रहण २ प्रकारको हुन्छ । १) खण्डग्रास   २) खग्रास 

सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ । 

आइतबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्य ग्रहण हो । चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्य ग्रहण औँसी तिथिमा लाग्दछ । 

ग्रहण सधैं चन्द्रमामा र सूर्यमा मात्र लाग्छ । ग्रहण लागेको समयमा चन्द्र र सूर्य कमजोर हुन्छन् । ज्योतिष शास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा बर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ । 

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । 

आइतबारको सूर्य ग्रहण : कुन राशिलाई कस्तो ?
मेष : श्रीप्राप्ती

​वृष : क्षति

मिथुन : घात

कर्कट : व्यय

सिंह : लाभ

कन्या : सुखम्

तुला : माननाश 

वृश्चिक : कष्ट

धनु : स्त्रीपीडा

मकर : सौख्यम्

कुम्भ : चिन्ता 

मीन व्यथा

यसरी आइतबारको ग्रहणको फल मेष, सिंह, कन्या, र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Arjun Gupta

    June 20, 2020, 9:19 p.m.

    Why I am always get back? Doesnot happen that I thought exactly?

  •  0 Reply

तपाईको प्रतिक्रिया