ब्राजिल : काेराेना सङ्क्रमितकाे सङ्ख्या १० लाख नाघ्याे

 असार ६, २०७७ शनिबार १४:७:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणबाट अति प्रभावितमध्येकाे एक ब्राजिलमा सङ्क्रमितकाे सङ्ख्या १० लाख नाघेकाे छ । याेसँगै काेभिड–१९ काे कारण १० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुने देशमा ब्राजिल दाेस्राे बनेकाे छ । काेराेनाकाे कारण अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएकाे हाे । 

ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा ५४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ । याे सङ्ख्या काेराेना महामारी सुरु भएपछि विश्वकाे कुनै पनि देशमा सङ्क्रमण पुष्टि भएकाेमध्ये अहिलेसम्मकै धेरै हाे । 

ब्राजिलमा लगातार चाैथाे दिन १२ सयभन्दा धेरैकाे मृत्यु भएकाे छ, जसकाे कारण कुल मृतककाे सङ्ख्या ४९ हजार नजिक पुगेकाे ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

परीक्षणमा कमीका कारण याे सङ्ख्या अझै कम भएकाे र ब्राजिलमा काेराेना भाइरसले उग्र रुप लिन अझै केही हप्ता बचेकाे विशेषज्ञहरुले बताएका छन् । 

काेराेना सङ्क्रमितकाे आँकडामा अमेरिका ब्राजिल र रुसपछि भारत चाैथाै नम्बरमा पुगेकाे छ । भारतमा तीन सय ९० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । त्यस्तै काेराेनाबाट १२ हजार नाै सयभन्दा धेरैकाे मृत्यु भइसकेकाे छ ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया