भारत–चीन विवाद : भारतले ‘जानाजान उक्साएको’ चीनको आरोप

 असार ६, २०७७ शनिबार १५:१४:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – लद्दाखको गलवान उपत्यकामा भारत र चीनको सेनाबीच भएको सङ्घर्षपछि दुवै देशले एक–अर्कालाई आरोप लगाउँदै आइरहेका छन् । यसैबीच चीनले गलवान उपत्यकामा भएको घटनामा भारतले 'जानाजान उक्साएको' र भारत नै जिम्मेवार रहेको आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दैनिक प्रेस ब्रिफिङमा गलवान उपत्यकामा भएको घटनाक्रमपछि भारतमा चीनविरुद्धको प्रदर्शन र चिनियाँ सामान बहिष्कार गर्ने अपिलको पछाडि भारत नै जिम्मेवार रहेको बताएका हुन् । 

प्रवक्ता लिजियानले दुवै देशको सैन्य र कुटनीतिक माध्यमबाट वार्ता गरिरहेको र तनाव कम गर्न जोड दिइरहेको बताए । उनले भने, ‘चीनले भारतसँगको सम्बन्धलाई महत्त्व दिन्छ र भारत पनि चीनसँग मिलेर दुरगामी विकासको लागि द्विपक्षीय सम्बन्ध राम्रो बनाइराख्न काम गर्नेमा आशा गर्छौँ ।’

यसैबीच प्रवक्ता लिजियानले आफ्नो देशको हिरासतमा कुनै भारतीय नभएको बताएका छन् । साथै चीनले गलवान उपत्यका आफ्नो अधिकारको क्षेत्र भएको दाबी गरेको छ । 

गएको सोमबार भारतीय र चिनियाँ सेनाबीच हिंसात्मक झडप हुँदा भारतका २० सैनिकको ज्यान गएको थियो । झडपमा चीनतर्फका केही सैनिक घाइते भएको बताइएको छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया