बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले प्रदेश प्रयोगशालाको क्षमता वृद्धि गर्दै प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।
निजी प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताउनुभो । जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको उहाँले बताउनुभयो ।
मन्त्री ढकालले हरेक प्रदेशमा एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको बताउनुभएको छ । अनियमितता भएको आशङ्कामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रक्रियामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ ।
त्यसअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रक्रिया विधि अनुसार नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानुन सबैलाई थाहा छ । पछिल्लो पटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । महामारीको समयमा यत्तिकै सामान पाइँदैन भने २१/२१ दिन कुरेर विधि पुर्याउन गाह्रो छ । अबकाे दुई/तीन दिनमा ल्याउने भनेर विधि र प्रक्रियामा थोरै परिवर्तन गरिएको हो ।’
मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वरेण्टीनमा पठाइने बताउनुभयो ।
यद्यपि जहाजमा आउनेमध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वरेण्टीनमा राखिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।