पूर्वसल्लाहकारकाे पुस्तक प्रतिबन्ध लगाउन ट्रम्पले गरेकाे अनुराेध खारेज

 असार ६, २०७७ शनिबार २१:०:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एक अमेरिकी न्यायाधीशले पूर्व राष्ट्रिय सल्लाहकार जाेन बाेल्टनकाे संस्मरणात्मक पुस्तककाे प्रकाशन राेक्न ट्रम्प प्रशासनकाे अनुराेध अस्वीकार गरेकाे छ । 

अमेरिकी न्याय विभागले त्याे पुस्तककाे ठिकसँग परीक्षण नगरिएकाे तर्क दिएकाे छ । 

न्यायाधीशले भने, 'बाेल्टनकाे आचरणले गम्भीर राष्ट्रिय सुरक्षा चिन्ता उत्पन्न गरेकाे छ तर पुस्तक नै निषेध गर्नु उपयुक्त तरिका थिएन ।' 

बाेल्टनले प्रकाशित गर्न लागेकाे पुस्तकमा ट्रम्पमाथि धेरै आराेप लगाइएकाे छ, जसमध्ये आउँदाे राष्ट्रपतीय चुनावमा विजयी हुन ट्रम्पले चीनकाे सहयाेग लिन खाेजेकाे आराेपलाई प्रमुख विषयकाे रुपमा हेरिएकाे छ ।   

बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरङ्ग कुराकानी र विमतिसमेतका विविध गतिविधिकाे बारेमा लेखिएको छ । 

त्यही पुस्तकको केही अंश अमेरिकी अखबारहरुमा प्रकाशन भएका छन् ।

पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा आफू विजयी हुनेतर्फ लक्षित गरेकाे जीकिर गरिएको छ । 

अमेरिकी अखबार द वाशिङ्टन पोस्ट, न्युयोर्क टाइम्स र वालस्ट्रिट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले चिनियाँ मानव अधिकार दुर्व्यवहारकाे घटनालाई ट्रम्पले पटक–पटक बेवास्ता गरेकाे आराेप लगाएका छन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया