बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
आज अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो । कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ । सङ्क्रमण रोक्न गरिएको लकडाउन तथा क्वरेण्टीनमा रहेकाहरुको तनाव व्यवस्थापनमा पनि योग महत्वपूर्ण भएको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले योग र सन्तुलित खानपानमा ध्यान दिन सकेमा निरोगी नेपालको उद्देश्य पूरा हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सरकारको आकाङ्क्षा पूरा गर्न शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।