राष्ट्रिय कविता महोत्सव स्थगित

 असार ७, २०७७ आइतबार ७:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगित भएको जनाएको छ ।

प्रतिष्ठानले सूचना निकालेर कोरोना महामारीका कारण ६३ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगित भएको जानकारी दिएको हो । प्रतिष्ठानले पर्सि ९ गते कविता महोत्सव गर्ने तय भएको थियो ।

महोत्सवका लागि १५० शब्दसम्मको कविता जेठ २५ गतेसम्म पठाउन भनिएको थियो । महोत्सवका लागि पाँच सय दुई कविता प्राप्त भएको छ । कार्यक्रम स्थगित भएपछि प्राप्त कवितालाई गोप्य लाहाछाप सहित खामबन्दी गरी सुरक्षित राखिएको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया