राप्तीको बाढीमा फसेका ११ जनाको उद्धार

 असार ७, २०७७ आइतबार ८:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – राप्ती नदीमा आएको बाढीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सीमामा पर्ने ललहीमा ६ जना र वडा नम्बर २ मा फसेका ५ जना गरी ११ जनाको उद्धार गरिएको हो । सशस्त्र प्रहरी र रेडक्रसबाट तालिमप्राप्त स्वयंसेवकहरुले फसेकाहरुको उद्धार गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नदीमा पानीको सतह खतराको संकेतभन्दा तल पुगेको जानकारी दिनुभयो ।

हिजो नदीमा पानीको सतह खतराको संकेतमाथि पुगेपछि तटीय क्षेत्रमा सतर्कताका लागि साइरन बजाइएको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया