चैतयताको शुल्क बुझाउन निजी विद्यालयको उर्दी

 असार ७, २०७७ आइतबार १५:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना भाइरसकाे  महामारीकाे कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।

निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका छन् । तीन महिनादेखि शिक्षक कर्मचारीलाई तलब दिन नसकिएको, भाडा बुझाउन समस्या भएको, बैंकको ब्याज तिर्न समस्या भएको, सरकारले कर छुट नदिएकोलगायतका कारण समस्यामा परेकाेले शुल्क बुझाउन आग्रह गरिएको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले उज्यालोलाई जानकारी दिनुभयो ।

चैतयता एक महिनाको शुल्क छुट दिने तर अरु शुल्क बुझाएर सहयोग गरिदिन अभिभावकलाई आग्रह गरिएको उहाँले बताउनुभयो । अहिले शुल्क नदिए निजी विद्यालय बन्द हुने अवस्थमा पुग्ने प्याब्सन र एनप्याब्सनको भनाइ छ । 

उनीहरुले लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टीभीलगायतका सञ्चारमाध्यमबाट पढाएकोले पनि खर्च भएको दाबी गरेका छन् । आम्दानीको एकमात्र बाटो शुल्क नै रहेको र शुल्क उठाउन नपाउँदा निजी विद्यालय सङ्कटमा रहेको प्याब्सन, एनप्याब्सनले जनाएका छन् । 

सामाजिक दुरी कायम गर्दै विद्यालयमा उपस्थित भएर छोराछोरीको नयाँ/पुरानो अभिलेखीकरण गराउन, २०७६ सालको बाँकी बक्यौता सम्भव भएसम्म भुक्तानी गर्न, २०७७ सालको शुल्क बुझाउन र विद्यालयलाई अधिकतम सहयोग गर्न विज्ञप्तिमा भनिएको छ । 

‘हामीले अहिले नै सबै शुल्क बुझाउनुहोस् भनेका छैनौँ, विद्यालय र अभिभावकको सहमतिमा केही छुट पनि हुन सक्छ तर शुल्क नउठाएसम्म हामी अत्यन्तै सङ्कटमा पर्ने भएकाले यस्तो सूचना निकाल्न बाध्य भएका हौँ’, प्याब्सनका अध्यक्ष टिकाराम पुरीले उज्यालो अनलाइनसँग भन्नुभयो ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Ishwar

    June 21, 2020, 5:13 p.m.

    अनि पढाई नै नभएको बिद्द्यार्थीसंग शुल्क माग्नु उचीत हैन नि /

  •  0 Reply
  • kailash kumar malla

    June 21, 2020, 4:39 p.m.

    very nice

  •  0 Reply

तपाईको प्रतिक्रिया